राजा फर्काउन सिंहदरबारअगाडि भजन-कीर्तन

राजा फर्काउन सिंहदरबारअगाडि भजन-कीर्तन

राजसंस्था फर्काउन भद्रकाली मन्दिरमा पूजा-आरधना गरिएको छ । नेपाल प्राज्ञिक मञ्चलाई आयोजक बनाएर राजावादीहरुले आज बिहान तान्त्रिक अनुष्ठानअनुसार पूजापाठ गरेका हुन् । 

बिहान साढे १० देखि दिउँसो पौने १ बजेसम्म चलेको उक्त धार्मिक कार्यक्रममा विभिन्न धर्मगुरुले पूजा तथा भजन-कीर्तन गरेका थिए । त्यसक्रममा वैदिक सनातन अधिराज्य, संवैधानिक राजसंस्था, बहुदलिय प्रजातन्त्रको संस्थागत विकास र सैन्यवल अभिवृद्धि  होस् भन्दै भाकलसमेत  गरियो ।

कार्यक्रममा चैत १५ गते तीनकुनेमा हिंसात्मक प्रदर्शन गर्ने 'संयुक्त जनान्दोलन समिति' का सल्लाहकार डा.जगमान गुरुङ, गुरु किशोर चापागाईंलगायत तीन दर्जन मानिस उपस्थित रहेको बताइएको छ ।
 

टिप्पणीहरू