करकाे नाममा अचाक्ली

करकाे नाममा अचाक्ली

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो क्षेत्राधिकार बाहिर गएर कर नउठाउन देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ । संविधानको दायराभन्दा बाहिर गएर कर लगाउँदा व्यवसायीहरु मारमा परेको व्यापक गुनासोपछि मन्त्रालयले पछिल्लो निर्देशन दिएको हो । 

मन्त्रालयले आज जारी गरेको परिपत्रमा संविधान, ऐन, कानून र मान्य सिद्धान्तबमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा मात्र कर लगाउने र उठाउन भनिएको छ । लेखिएको छ, ‘सबै स्थानीय तहहरुले नेपालको संविधान, ऐन, कानून र कानूनका मान्य सिद्धान्तबमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा मात्र कर लगाउने र उठाउने व्यवस्था गर्नुु गराउनू ।’
 

टिप्पणीहरू