सजिलैसँग १४ शिखरको आरोहण

सजिलैसँग १४ शिखरको आरोहण

पाकिस्तानका शिरबाज खानले आठ हजार मीटरभन्दा माथिका १४ वटै हिमालको सफल आरोहण गरेका छन् । उनले अक्सिजन प्रयोग नगरी आठ हजार मीटर वा सोभन्दा माथिका सबै हिमालको आरोहण गरेका हुन् । 

योसँगै उनी अक्सिजनबिना हिमाल चढ्ने पहिलो पाकिस्तानी बनेका छन् । १३ वटा हिमालको आरोहणपछि उनले अन्तिममा आठ हजार ५८६ मीटर उचाइको कञ्चनजंघाको आरोहण गरेको ईम्याजिन नेपाल ट्रेक्स एण्ड एक्पेन्डिसन्स्का म्यानेजिङ डाइरेक्टर मिङ्मा ग्याल्जे शेर्पाले बताए । 

कञ्चनजंघा अभियानको हिस्सा बनेर विश्वको तेस्रो अग्लो चुचुरो अक्सिजनबेगर आरोहण गरेकोमा खुशी व्यक्त गर्दै उनले शिरबाज १४ वटै आठ हजार मीटरको हिमाल आरोहण गर्ने पहिलो पाकिस्तानी पर्वतारोही बनेको जानकारी दिए । हिमाल आरोहणको क्रममा उनले सहयोगीको सहायता पनि लिएनन् । 

गिलगिट–बाल्टिस्तानको हुन्जास्थित अलियावादका बासिन्दा उनले सन् २०१६ मा आफ्नो आरोहण थालेका थिए । सन् २०१९ मा अक्सिजनको सहायताबिनै नेपालमा रहेको विश्वको चौथो अग्लो ल्होत्से चुचुरोको आरोहण गर्ने उनी पहिलो पाकिस्तानी बनेका थिए ।

टिप्पणीहरू