अमेरिका बस्नेलाई होसियारी अपनाउन नेपालबाट आग्रह
नेपालस्थित अमेरिकी दूतावासले गैरकानुनी रुपमा अमेरिका बसिरहेकालाई देश निकाला गरी सँधैका लागि प्रवेश प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।
दूतावासले आज सूचना जारी गर्दै भिसा सकिएर पनि अमेरिकामा बसिरहेकालाई स्थायी रुपमा प्रतिबन्ध लगाउने जानकारी गराएको हो । ‘यदि तपाई स्वीकृत बसाइँ अवधि नाघेर अमेरिकामा बसिरहनुहुन्छ भने तपाईँलाई देश निकाला गरिन सक्नेछ र भविष्यमा अमेरिका यात्रा गर्न स्थायी रुपमै प्रतिबन्ध लाग्न सक्छ’,सूचनामा उल्लेख छ ।
अमेरिकाले यसअघि अवैध रुपमा बसोबास गरिरहेकालाई देश निकाला गर्ने चेतावनीसहित सूचना प्रकाशित गरेको थियो । यसपटक भने देश निकालासहित स्थायी प्रतिबन्ध लगाउने भनिएको छ ।
दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा कडाइ गरेका छन् । अमेरिकाले अवैध आप्रवासीलाई हत्कडी र नेल लगाएर आफ्नै विमानमा सम्बन्धित मुलुक छोड्नेक्रम जारी छ । त्यसरी फर्काइनेहरुमा नेपालीहरु पनि छन् ।
टिप्पणीहरू