बेपत्ता दुई दर्जन प्रहरीको खोजतलास
नेपाल प्रहरीले सम्पर्कविहीन दुई दर्जन कर्मचारीको खोजबिन थालेको छ । प्रधान कार्यालयले आज सार्वजनिक सूचना निकालेर बिदा नजनाई गैरहाजिर रहेका विभिन्न दर्जाका २१ जनालाई तत्काल सम्पर्कमा आउन निर्देशन दिएको हो ।
विभिन्न मितिमा काम छोडेका उनीहरु पटकपटक सूचना टाँस्दासमेत काममा नफर्किएपछि प्रहरी मुख्यालयले आज पुनः सूचना जारी गर्दै चित्तबुझ्दो स्पष्टीकरणसहित आगामी सात दिनभित्र हाजिर हुन भनेको छ । प्रष्टिकरण सोधिनेमा प्रहरी हवल्दार अमरनाथ चौधरी र कृष्णबहादुर कार्की, सहायक हवल्दार राजु धिताल, खुमबहादुर खड्का, मालिक राम कान्दु, चित्रबहादुर पुनमगर छन् ।
त्यस्तै, जवानहरु खडक साउद, प्रविन थापा, डिल्लीराज बुढाथोकी, हरिशराम तिरुवा, सन्तोष चन्द बटाला, अनिस सिग्देल, गणेश जैशी, कमल नाथ, गोपाल राई, चित्रबहादुर परियार, मुनाल दर्जी, यामबहादुर नाथ, सुरज कुँवर, अजयसिंह भण्डारी र कार्यालय सहयोगी शुसिलकुमार ठाकुरसँग पनि जवाफ मागिएको छ ।
तोकिएको समयमा सन्तोषजनक स्पष्टिकरणसहित उपस्थित नभएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) खण्ड (च) को कसुरमा सोही नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने चेतावनी दिइएको छ ।
टिप्पणीहरू