देउवाद्वारा बैठक आह्वान, लेखकबारे छलफल हुने

देउवाद्वारा बैठक आह्वान, लेखकबारे छलफल हुने

सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

भोलि बिहान ९ बजे देउवा निवास बूढानीलकण्ठमा बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा संसदीय गतिविधि, पार्टीको आन्तरिक विषय र समसामयिक राजनीति छलफलको एजेण्डा रहने बताइएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक राजीनामा माग भैरहेको छ । नक्कली कागजपत्र बनाएर नेपालीलाई भिजिट भिसामा खाडी मुलुक पठाउने गिरोहसँग सचिवालयको संलग्नता पुष्टि हुने प्रमाण फेला परेको दाबी भैरहँदा कांग्रेसभित्रैबाट उनलाई पद छोड्न दबाब छ ।

यो स्थितिमा बस्न लागेको पदाधिकारी बैठकलाई आमरुपमा समेत चासोका साथ हेरिएको छ ।

टिप्पणीहरू