पहिलो पटक विपद् स्वयंसेवक तालिम, महानगर प्रहरी र अग्नी नियन्त्रक सहभागी

पहिलो पटक विपद् स्वयंसेवक तालिम, महानगर प्रहरी र अग्नी नियन्त्रक सहभागी

ललितपुरमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम शुरु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, ललितपुर महानगरपालिका र एसेट नेपालको सहकार्यमा आजदेखि तालिम थालिएको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले पहिलो पटक स्वयंसेवकलाई तालिम दिन थालिएको जनाउँदै यसबाट स्थानीय समुदायलाई विपद्सँग जुध्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

विपद् व्यवस्थापनमा ललितपुर महानगरले थुप्रै राम्रो काम गरेकोले यहाँबाट तालिमको शुरुवात गरिएको उल्लेख गर्दै उनले भने, ‘यसलाई विस्तारै सबै पालिकामा पुर्याउने हाम्रो लक्ष्य छ । हामी देशभर नै स्वयंसेवक खटाउने कार्यलाई अभियानका रुपमा लिएर गइरहेका छौं ।’ 
तालिममा ललितपुर महानगर प्रहरीका १९ र अग्नी नियन्त्रक (दमकल) का पाँच गरी जम्मा २४ जना कर्मचारी सहभागी छन् । तालिम सात दिनसम्म चल्ने छ ।

तस्बिरहरु

टिप्पणीहरू