माइतीघरमा महिलापछि पुरुषहरुको अर्धनग्न प्रदर्शन
सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै पीडितहरुले अर्धनग्न प्रदर्शन गरेका छन् । आज माइतीघरमा भेला भएका उनीहरुले कम्मरभन्दा माथिको कपडा खोलेर विरोध प्रदर्शन गरेका हुन् ।
पटक पटक शान्तिपूर्ण आन्दोलन गर्दा पनि सरकारले बचत फिर्ता गराउन चासो नदेखाएपछि थप खबरदारी गर्न अर्धनग्न अवस्थामा सडकमा उत्रिनु परेको पीडितहरुको भनाई छ । उनीहरुले ‘बिचौलिया खडा गरी जग्गा सेटलमेन्टको नाममा १० लाखको जग्गा ४० लाखमा धम्क्याउँदै पीडितलाई भिडाउन बन्द गर’, ‘सहकारी पीडित बचतकर्ता महासंघले तयार गरेको प्रस्ताव तुरुन्त कार्यान्वयन गर’ लेखिएका प्लेकार्ड पनि बोकेका छ ।
बैशाख १५ गते पीडित महिलाले पनि यसैगरी अर्धनग्न प्रदर्शन गरेका थिए । त्यतिबेला उनीहरुले ‘बचत फिर्ता पाउन नांगिन पनि तयार छौँ’ भन्दै पेटिकोट लगाएर माइतीघरमै नाराबाजी गरेका थिए ।
तस्बिरहरु





टिप्पणीहरू