सुरक्षा अवस्थाबारे मुख्यसचिवलाई ब्रिफिङ
मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे छलफल गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकमा समग्र सुरक्षा अवस्थाबारे छलफल भएको हो ।
दिउँसो पौने २ बजेदेखि बसेको सुरक्षा बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी,नेपाल प्रहरीका महानिरीक्षक दिपक थापा,सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा,नेपाली सेनाका प्रतिनिधिलगायतको उपस्थितिमा समग्र सुरक्षा अवस्थाको चर्चा गरिएको बुझिएको छ ।
टिप्पणीहरू