राजावादीलाई फुक्काफाल छाडेर जासुसको हुल विदेशतिर

राजावादीलाई फुक्काफाल छाडेर जासुसको हुल विदेशतिर
सुन्नुहोस्

गणतन्त्र दिवसको अवसरमा राप्रपा र राजावादीहरुले राजा र राजसंस्था पुनर्स्थापनाको लागि सशक्त आन्दोलनको तयारी गरेका छन् । यता, गणतन्त्रवादीहरुमध्ये सत्तारुढ एमालेले सोही दिन आफ्ना नेता तथा कार्यकर्तालाई पनि सडकमा उतार्दै छ । 

राप्रपा नेताहरुले अघिल्लो महिनादेखि  नै जेठ १५ गते आफूहरु वार कि पारमा जाने बताउँदै आएका छन् । सत्तापक्षले शान्ति सुरक्षाको लागि राज्य संयन्त्रसँग रहेको सुरक्षा फौजको प्रयोग गर्ने नै छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि त्यही दिन सडक कब्जा र नियन्त्रण गर्न आदेश दिएकाले मुठभेडको अवस्था देखिँदै छ । 

यस्तो बेलामा गोप्य सूचनाको महत्व अधिक हुन्छ । विशेषगरी राज्य संयन्त्रका लागि द्वन्द्व न्यूनीकरण गर्ने कुरामा गोप्य सूचना संकलन पल पलमा गरेर विश्लेषण तथा आवश्यक तयारी गरिन्छ । सुरक्षा निकायहरुको आफ्नै स्रोतबाट गोप्य सूचना संकलन गरिन्छ । तर,त्यसमध्ये सरकारको नाक,कान, आँखा मानिएको राष्ट्रिय अनुसन्धान विभागको भूमिका अरु बेलामा भन्दा राजनीतिक दलहरुको कार्यक्रम, भिडन्तको अवस्थामा अधिक हुने गरेको छ । 

‘के भन्नु खै, अनुमति दिने कस्ता, जाने कस्ता ? अब आन्दोलनको पल पलको सूचना संकलनको हालत के हुन्छ ? अवस्था चैत १५ गतेको जस्तै भए के होला ? सरकारलाई आधिकारिक गोप्य सूचना कसले दिने ? अनि कसले भेरिफाइ गर्ने ?

यस्तो बेला गुप्तचर विभाग प्रमुख हुतराज थापा उपप्रमुखसहितको जम्बो टोली बोकेर आज बेलुकी जापान जाँदै छन् । महिनौंअघि राप्रपा र राजावादीहरुले आन्दोलनको चेतावनी दिइसकेको अवस्थामा गुप्तचरका हाकिमलाई उनीभन्दा मुनिका अरु कर्मचारीसमेत बोकेर विदेश सयर गर्न अनुमति दिनेको क्षमतामाथि प्रश्नचिन्ह उठेको छ । त्यसैगरी यस्तो बेलामा जान खोज्नेले पनि लोभ थाम्न नसकेकै देखिन्छ । 

गृह मन्त्रालयका एकजना सहसचिव भन्छन्, ‘के भन्नु खै,अनुमति दिने कस्ता, जाने कस्ता ? अब आन्दोलनको पल पलको सूचना संकलनको हालत के हुन्छ ? अवस्था चैत १५ गतेको जस्तै भए के होला ? सरकारलाई आधिकारिक गोप्य सूचना कसले दिने ? अनि कसले भेरिफाइ गर्ने ?’

सेना,प्रहरी र सशस्त्रले सुरक्षा अपनाउने क्रममा बर्दिधारीलाई तत्काल परिचालन गर्छ । तर अनुसन्धान विभागले गोप्य सूचना संकलनको निम्ति सादा पोशाकका कर्मचारी छ्याप्छ्याप्ती खटाउने गरेको छ । उनीहरुले समाजको सबै तह र तप्काको सूचना संकलन गरेर गृह मन्त्रालयमार्फत् सम्बन्धित निकायमा पठाइन्छ । तर आज रातिदेखि तिनका कमाण्डर र उनीभन्दा मुनितिरका ठूलाबडा नै मुलुकमा नरहेपछि अवस्था के होला ?

टिप्पणीहरू