काँग्रेसले प्रधानमन्त्रीको विरोध नगरेकोमा शेखर कोइराला छक्क

काँग्रेसले प्रधानमन्त्रीको विरोध नगरेकोमा शेखर कोइराला छक्क

नेपाली कांग्रेसको संस्थापन इतर खेमाका नेता डा. शेखर कोइरालाले काठमाडौँ कब्जा गर्न कार्यकर्ता उक्साउने प्रधानमन्त्रीको अभिव्यक्तिको खण्डन गर्न नसकेकोमा पार्टी नेतृत्वको आलोचना गरेका छन् । 

पार्टी सम्वद्ध नेपाल नाई संघको राष्ट्रिय परिषद उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो तरिकाले पार्टी उँभो नलाग्ने स्पष्ट पारे । देशको सर्वोच्च पदमा बसेको मान्छेले गैरराजनीति र मुठभेटको भाषा बोल्दासमेत कांग्रेसले आधिकारिक रूपमा कहीँकतै नबोलेकोमा आफूलाई छक्क लागेको कोइरालाले बताए ।

‘मलाई लागेको थियो सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला, प्रधानमन्त्रीले जेठ १५ गते काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनबारे छलफल होला भनेको त मेरैबारे मात्रै कुरा भएछ’, उनले भने ।

प्रधानमन्त्री व्यक्ति मात्रै नभएर संस्था पनि भएकाले त्यस्तो पदमा बस्ने मान्छेले बोल्ने हरेक कुराले अर्थ राख्ने उल्लेख गर्दै सोधे, ‘के बाध्यता आइपर्‍यो त्यस्तो प्रधानमन्त्रीले जे जे गरे पनि कांग्रेसले छुट दिँदै जाने ?’

टिप्पणीहरू