गृहमन्त्रीको कुराले संसदमा आज पनि किचलो
प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । प्रतिपक्षी दलका सांसदहरुले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान कायम राख्दै उठेर विरोध जनाएपछि बैठक शुरु भएको १० मिनेटमै स्थगित गरिएको हो ।
सभामुख देवराज घिमिरेले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकले रोष्ट्रमबाट जवाफ दिने जानकारी गराए पनि प्रतिपक्षी दलका सांसदहरुले स्वीकार गरेनन् । गृहमन्त्रीले स्वतन्त्र छानविनका लागि मार्गप्रशस्त गर्नुपर्ने तथा उच्चस्तरीय छानबिन आयोग गठन गरिनुपर्ने हिजैको माग विपक्षीले राखेका छन् ।
निर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिलो शुरु भएको बैठक अनिश्चित बनेको छ ।
टिप्पणीहरू