संसदमा बेचैन देखिएका गृहमन्त्री बाहिर बोल्ने

संसदमा बेचैन देखिएका गृहमन्त्री बाहिर बोल्ने

गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गरेर भिजिट भिसा प्रकरणबारे धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् । 

संसद्को रोष्टममा उभिएर जवाफ दिने प्रयास विपक्षीको अवरोधका कारण सम्भव नभएपछि उनले बाहिरै बोल्न लागेका हुन् । दिउँसो स्थगित प्रतिनिधिसभा बैठक सुचारु नभए साँझ पत्रकार सम्मेलन आयोजना गर्ने गृहमन्त्रीको तयारी रहेको बताइएको छ । 

संसद खुलाउन सभामुख देवराज घिमिरेले सत्ता र विपक्षी दलका सचेतकहरुसँग छलफल गरिरहेका छन् । सहमति जुट्ने,नजुटने र प्रतिनिधिसभा बैठक बस्ने, नबस्ने निधो छैन । गृहमन्त्रीको सचिवालयले जनाएअनुसार सकभर संसदबाटै आफ्ना कुरा राख्ने तर, आज बैठक बस्ने अवस्था नरहे पत्रकार सम्मेलन गर्ने तयारी छ ।

दलालसँग साँठगाँठ गरेर अध्यागमनका कर्मचारीले भिजिट भिसामा जाने नेपालीहरूबाट दैनिक करोडौँ उठाउँदै आएको यो प्रकरणमा लेखकको सचिवालय मुछिएको छ । 'दोस्रो नक्कली भूटानी शरणार्थी काण्ड' भनिएको यो प्रकरणको निष्पक्ष छानविन गर्न गृहमन्त्रीले राजीनामा दिनुपर्ने विपक्षी दलको अडान छ ।

कांग्रेसभित्र पनि एकथरीले नैतिकताका आधारमा पद छोड्न घुमाउरो चेतावनी दिएपछि दबाबमा परेका आज संसद् बैठकमा निकै निरास देखिए । उनको मुहारमा तनाव भरिएको प्रष्टै देखिन्थ्यो । सभामुखले बैठक स्थगित भएको घोषणा गरेसँगै अधिकांश सांसद बैठक कक्षबाट बाहिर निस्किए पनि लेखक भने लामो समय कुर्सीमै बसेका थिए ।

टिप्पणीहरू