कारागारमा डोरीको पासो लगाएर कैदीले फाले प्राण

कारागारमा डोरीको पासो लगाएर कैदीले फाले प्राण

कारागार कार्यालय धादिङमा एक थुनुवाले झुण्डिएर आत्महत्या गरेका छन् । 

बेनीघाट रोराङ गाउँपालिका–७ चरौंदीका २० वर्षीय विष्णु सुनारले गएराति कारागारको शौचालयमा झुण्डिएर आत्महत्या गरेको कारागार कार्यालय धादिङका प्रशासक राममणी मिश्रले जानकारी दिए । उनका अनुसार ती थुनुवा गत ७ गतेदेखि ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा थिए । 

राति १ बजेतिर शौचालय गएका सुनार लामो समयसम्म पनि नफर्किएपछि ड्युटीमा खटिएका प्रहरीले शौचालयको झ्यालबाट हेर्दा झुण्डिएको अवस्थामा भेटिएको बताइएको छ । मुडा बुन्न प्रयोग हुने डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको मिश्रले बताए ।

‘दुई हात लामो डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको हो । सुनारको शव पोष्टमार्टमका लागि धादिङ अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ’,  प्रशासक मिश्रले भने ।

टिप्पणीहरू