सशस्त्रको एआईजीमा गणेश ठाडामगर नियुक्त
सरकारले सशस्त्र प्रहरी बलको रिक्त अतिरिक्त महानिरीक्षकमा गणेश ठाडामगरलाई नियुक्त गरेको छ । आज दिउँसो बसेको क्याबिनेट बैठकले डिआईजी गणेशलाई बढुवा गर्ने निर्णय गरेको हो ।
रिक्त एक पदका लागि सशस्त्रका डिआईजीहरु क्रमशः कमल गिरी, गणेश, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, कालिदास धौवजी, कुमार न्यौपाने, लक्ष्मणबहादुर सिंह, प्रदीपकुमार पाललगायत प्रतिस्पर्धी थिए ।
सोही बैठकले नेपाल प्रहरीको रिक्त अतिरिक्त प्रहरी महानिरीक्षकमा सिद्धिविक्रम शाहलाई नियुक्त गरेको हो ।

टिप्पणीहरू