‘राइड सेयरिङ’ को विरोधमा गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प
गण्डकी प्रदेश सरकारले कानून तर्जुमा गरेर निजी सवारी साधन ‘राइड सेयरिङ’ सञ्चालनको अनुमति दिएको विरोधमा प्रदेशभर सार्वजनिक यातायात ठप्प पारिएको छ ।
उनीहरुले उक्त कानुनमाथि पुनर्विचार नगरेसम्म यातायात चल्न नदिने बताएका छन् । आज बिहानैदेखि पोखरालगायत अधिकांश शहर र बजार तथा राजमार्गमा सार्वजनिक यातायात चलेका छैनन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा आन्दोलन घोषणा गरेका छन्
‘राइड सेयरिङ’ का कारण सार्वजनिक सवारी साधन सञ्चालकहरु मर्कामा पर्ने उनीहरुको दाबी छ । तीन बुँदे माग अघि सार्दै आजदेखि आन्दोलन थालेका हुन् ।
टिप्पणीहरू