विदेशतिर भानुजयन्ती मनाउने निर्णयमा भाँजो
स्वतन्त्र साहित्यप्रेमीहरुले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा आयोजना गर्न लागेको ‘साहित्यिक कार्यक्रम’ मा थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीसङ्ग असमझदारी बढेको छ । कविता पढेर भानुजयन्ती मनाउने निर्णय गरेका साहित्यप्रेमीहरुको राजदूत ओलीसङ्ग कुरा मिलेन ।
हरेक वर्षको असार २९ गते धुमधामका साथ भानुजयन्ती मनाइन्छ । उल्लेखनीय संख्यामा नेपालीको बसोबास रहेको थाइल्याण्डमा पनि यसपटक भानुभक्तको सम्झनामा भव्य कार्यक्रम आयोजना गर्ने साहित्यप्रेमीहरुको इच्छा थियो ।
जेठ १८ गते राजदूत ओलीको अध्यक्षतामा बसेको बैठकले कार्यक्रम आयोजनाका निम्ति उपनियोग प्रमुख मोतीबहादुर श्रीसको संयोजकत्वमा एउटा समिति गठन गरेको छ ।
जसमा भविन्द्र बस्नेत,लक्ष्मण केसी, तिलक पोखरेल,अशोक घिमिरे,अतित कोइराला,स्नेहा पौडेल, मुन गुरुङ्ग, मेघा बजाज, जुलिया मगर, चम्पा डोल्मा तामाङ्ग, सोनु प्रधान, उत्कर्ष पौडेल, जेनिसा श्रेष्ठ, केशव आचार्य, शेखर खतिवडा, जिवेतेस मानन्धर सदस्य छन् । त्यसैगरी, खगराज पाण्डे सदस्य सचिव तोकिएका छन् ।
यिनमा व्यापारीको संख्या बाक्लो छ । एक साहित्यप्रेमी भन्छन्,‘ भानुभक्त नचिन्ने साहित्यप्रेमीहरु भेला गरेर कार्यक्रम गर्दैछन् ।’
थाइल्याण्डका विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले नेपालका नेपालीलाई उपेक्षा गरी बर्माका नेपालीलाई प्राथमिकतामा राखिएको आरोप लगाएका छन् ।
समितिका सदस्य भविन्द्र डा.बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को थाइल्याण्डका अध्यक्ष हुन् ।
टिप्पणीहरू