स्मार्ट लाइसेन्स छपाई केही दिन बन्द

स्मार्ट लाइसेन्स छपाई केही दिन बन्द

अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाई केही दिन बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले स्मार्ट कार्ड प्रिन्टर मर्मत गर्नुपर्ने भएकाले लाइसेन्स छपाई तीन दिनका लागि बन्द हुने जनाएको हो  । 

विभागका अनुसार जेठ २७ गतेदेखि २९ गतेसम्म लाइसेन्स छपाई कार्य बन्द हुने छ । जारी सूचनामा भनिएको छ, ‘यही मिति २०८२–०२–२७ गतेदेखि २०८२–०२–२९ गतेसम्म तीन दिन विभागको स्मार्ट कार्ड प्रिन्टर मर्मत गर्नुपर्ने भएकाले अत्यावश्यक सवारी चालक अनुमतिपत्र छपाई कार्य बन्द हुने जानकारी गराइन्छ ।’

विभागले उक्त अवधिमा स्मार्ट लाइसेन्स आवश्यक पर्ने सेवाग्राहीलाई जेठ २५ गतेअगावै निवेदन बुझाई स्वीकृत भएको यकिन गर्नसमेत अनुरोध गरेको छ ।
 

टिप्पणीहरू