नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज बोर्डमा निश्कलंक निर्देशकको खोजी

नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज बोर्डमा निश्कलंक निर्देशकको खोजी

चिकित्सा शिक्षा आयोगको नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज बोर्डमा रिक्त निर्देशक नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको छ । नाम सिफारिसका लागि गठित समितिले आज दरखास्त आह्वानको सूचना प्रकाशित गरेको छ । 

सिफारिस समितिको कार्यसम्पादनसम्बन्धी कार्यविधि, २०७२ बमोजिम दरखास्त आह्वान गरिएको जनाइएको छ । समितिले योग्यता पुगेका इच्छुक व्यक्तिलाई आगामी सात दिनभित्र आवेदन पेश गर्न आह्वान गरेको छ ।

सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव खुल्ने सम्पूर्ण विवरण, प्रमाणपत्रसँगै चिकित्सा शिक्षासम्बन्धी कुनै पनि शिक्षण संस्थाको सञ्चालक समितिमा नरहेको, लगानीकर्ता वा शेयरहोल्डर नभएको, चिकित्सा शिक्षा आयोगसँग कुनै किसिमको स्वार्थ नभएको स्वःघोषणा पनि गर्नुपर्ने छ ।
 

टिप्पणीहरू