संसद बैठक सुचारु हुने सम्भावना न्यून

संसद बैठक सुचारु हुने सम्भावना न्यून फाइल फाेटाे

प्रतिनिधिसभाको आज दिउँसो डाकिएको बैठक पनि सुचारु हुने आशंका छ । प्रतिपक्षी दलहरुको निरन्तरको अवरोधका कारण पटक पटक स्थगित हुुँदै आएको संसद बैठक हिजो मुश्किलले १५ मीनेट सञ्चालन भएको थियो । तर, कार्यसूचीमा प्रवेश नगरी सभामुख देवराज घिमिरेले बैठक आज दिउँसो १ बजेसम्मका लागि स्थगित गर्नुभयो ।

विपक्षीहरुले भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् । उनीहरुले उक्त प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग अघि सारेकाले आजको बैठकमा अवरोध नहुने र कार्यसूचीमा प्रवेश हुने सम्भावना निकै कम देखिन्छ ।

टिप्पणीहरू