पूर्व राष्ट्रपति र प्रधानमन्त्री एकै ठाउँ,भेटघाटको सम्भावना क्षीण

पूर्व राष्ट्रपति र प्रधानमन्त्री एकै ठाउँ,भेटघाटको सम्भावना क्षीण

प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर पुग्ने कार्यक्रम छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी हिजै त्यहाँ पुग्नुभएको छ । 

प्रधानमन्त्री ओलीले दिउँसो मोरङको कटहरी गाउँपालिका २,हल्दिबारीमा जीवन विकास लघुवित्तको पाँचतले सामुदायिक अस्पताल उद्घाटन गर्ने कार्यक्रम छ । दुई अर्ब रुपैयाँभन्दा बढी लगानीमा निर्माण गरिएको उक्त अस्पतालका अध्यक्ष याेगेन्द्र मण्डल एमालेबाट बागी उम्मेदवार बनेर गत निर्वाचनमा सांसद विजयी भएका हुन् । उनी मोरङको निर्वाचन क्षेत्र नम्बर ५ का संघीय सांसद हुन् । जीवन विकास लघुवित्तका संस्थापक अध्यक्ष पनि उनै हुन् ।

यता पूर्व राष्ट्रपति भण्डारीले आज पालिका उपप्रुमख र उपाध्यक्षहरुको राष्ट्रिय भेलाको उदघाटन गर्ने कार्यक्रम छ । हिजै त्यहाँ पुग्नुभएका पूर्व राष्ट्रपति राजनीतिक भेटघाटमा सक्रिय हुनुहुन्छ । उहाँलाई हिजो विमानस्थलमा कोशी प्रदेशका प्रथम मुख्यमन्त्री तथा एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राई, सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री रेवतीरमण भण्डारीलगायतले स्वागत गरेका थिए । 

प्रधानमन्त्री मध्यान्ह १२ बजे काठमाडौंबाट विराटनगर पुगेर फर्कने कार्यक्रम छ । उहाँहरुबीच कुराकानीको कुनै सम्भावना र कार्यक्रम नरहेको बताइन्छ ।

टिप्पणीहरू