पेट्रोलियम पदार्थ बिक्रीमा अनियमितताको सजिलो काइदा

पेट्रोलियम पदार्थ बिक्रीमा अनियमितताको सजिलो काइदा

नेपाल आयल निगम, गण्डकी प्रादेशिक कार्यालय कास्कीका डिपो प्रमुख चितरञ्जन दास भ्रष्टाचारमा तानिएका छन् । बिलमा उल्लेख गरिएभन्दा बढी पेट्रोलियम पदार्थ (डिजेल) बिक्री गरेको आरोपमा उनीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।

मुद्दा चलाइएकामा कास्कीस्थित पश्चिमाञ्चल ट्रेडर्सका सञ्चालक बाबुराम जमरकट्टेल, गण्डकी धौलागिरी पेट्रोलियम एसोसियनका तत्कालीन प्रतिनिधि जगन्नाथ ढुंगाना र लक्ष्मण रानाभाट, ट्यांकर चालक निर्मल थापा छन् । 

अख्तियारका अनुसार २०८० साउनमा डिपो प्रमुख दासले १२ हजार लिटर डिजेल बिक्रीको अर्डर स्वीकृत गरेपछि पश्चिमाञ्जल ट्रेड्रसले सोही बराबर निगमको खातामा रकम जम्मा गरेको थियो । तर, डिजेल दिने क्रममा बदनियत राखी कार्यालयको सीसीटिभी क्यामेरा बन्द गरेर १२ हजार लिटरको सट्टा १५ हजार ३८ लिटर लोड गरेको पाइएको अख्तियारको ठहर छ । 

बिलमा उल्लेख गरिएभन्दा तीन हजार ३८ लिटर बढी डिजेल दिएको देखिएकाले आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम चार लाख ४८ हजार ५२५ रुपैयाँ बिगो कायम गर्दै उनीहरुमाथि कैद र जरिवानाको मागदाबी गरेको छ ।

टिप्पणीहरू