लोसपा प्रवक्ताद्धारा शहीदका सन्तानलाई ५१ हजारको कोष

लोसपा प्रवक्ताद्धारा शहीदका सन्तानलाई ५१ हजारको कोष

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रवक्ता मनिषकुमार मिश्रले ‘शहीद सन्तति वृत्ति कोष’ खडा गरेका छन् । 

आज परेको आफ्नो जन्मदिनको अवसरमा उनले ५१ हजार रुपैयाँ प्रदान गरेर कोषको स्थापना गरेका हुन् । मधेश आन्दोलनको क्रममा मारिएका शहीदका सन्तानहरुको शिक्षामा योगदान पुर्याउने उद्देश्यले कोष स्थापना गरिएको प्रवक्ता मिश्रले बताए । 

शहीद परिवारको सन्ततिको समुचित शैक्षिक उत्थान एवं सामाजिक समावेशीकरणमा प्रयोग हुने सो कोष एक विशेष टोलीद्धारा सञ्चालित हुने उनको भनाइ छ । 

‘सुदृढ तथा शिक्षित समाज निर्माणमा हातेमालो गर्ने उद्देश्यले कोषको घोषणा गरिएको हो । मैले मेरो व्यक्तिगततर्फबाट ५१ हजार रुपैयाँ योगदान गरेको छु । यस अभियानमा शुभेच्छुक र पार्टीका अन्य सदस्यहरुको समेत सहयोग र सहकार्य गर्नुहुन्छ भन्ने अपेक्षा छ’,उनले भने ।

टिप्पणीहरू