जनआस्थाको समाचार फेरि सही प्रमाणित,चौधरी छ रोपनीमा चिलिम

जनआस्थाको समाचार फेरि सही प्रमाणित,चौधरी छ रोपनीमा चिलिम

सर्वोच्च अदालतले काठमाडौंको थापाथलीभन्दा उत्तर,माइतीघर हाइटभन्दा दक्षिणमा रहेको युनाइटेड मिसन टु नेपाल (युएमन) को जग्गा स्वामित्वको दावी खारेज गर्दै सरकारको नाममा लैजाने फैसला सुनाएको छ । हिमाल हाइड्रोले २०७५ सालमा दायर गरेको रिटउपर अदालतले सरकारको पक्ष हुने गरी फैसला गरेको हो । 

युएमएनले भोगचलन गर्दै आएको ६ रोपनी ३ आना २ पैसा जग्गाको स्वामित्व हिमाल हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन कम्पनीले गरेको दाबीलाई सर्वोच्चले अहिले खारेज गरे पनि युएमएन २०७० सालदेखि बन्द छ ।

गत सोमबार सर्वोच्च अदालतका न्यायाधीधशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले युएमएनको पहलमा स्थापित हिमाल हाइड्रोले मूल संस्थाको नाममा रहेको जग्गामाथि दावी गर्न नमिल्ने निर्णय सुनाएको हो । सामाजिक संघसंस्था दर्ता ऐन,२०३४ अनुसार युएमएन बन्द भएपछि संस्थाका नामको जायजेथा सरकारको नाममा स्वतः हस्तान्तरण हुनुपर्ने थियो । तर हिमाल हाइड्रोको तर्फबाट स्वामित्व दावी गर्दै २०७५ असार १० गते डिल्लीबजार मालपोत कार्यालयलाई समेत विपक्षी बनाउँदै सर्वोच्चमा रिट दायर गरियो ।

उक्त कम्पनीमा नेपाल सरकारको १०.६ प्रतिशत, तत्कालीन युनाइटेड मिसन टु नेपालको ११.४५ प्रतिशत तथा नेपाल जलविद्युत् तथा विकास लिमिटेडको ७७.९५ प्रतिशत सेयर कायम थियाे । यसअघि २०७० सालमा खिलराज रेग्मी नेतृत्वको सरकारले हिमाल हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको नाममा युनाइटेड मिसन टु नेपालले आफ्नो प्रयोगका लागि खरिद गरेको घर, जग्गा र मिसनको स्वामित्वमा रहेका सम्पूर्ण चल–अचल सम्पत्ति नेपाल सरकारले निःशुल्क प्राप्त गर्ने निर्णय गरेको थियो । 

यसरी जोडिए विनोद चौधरी 

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युएमएनले तत्कालीन समयमा उक्त ६ रोपनी ३ आना २ पैसा जग्गा खरिद गर्ने क्रममा खनखनी ७० लाख गनेको थियो । नेपालकै पहिलो आइएनजिओको आफ्नै आम्दानीको स्रोत नभएकाले हाम्रा मठमन्दिरमा चन्दाको बाकस राखिएझैँ विदेशका चर्चलाई क्रिश्चियन धर्मावलम्बीले १० आम्दानीमध्येबाट दिएको सहयोगकै पैसाबाट सञ्चालित हुँदै आयो । सोहीे संस्थाले नेपालमा बुटवल पावर कम्पनी खडा गरी हिमाल हाइड्रो पावर चलायो । न त त्यो गैरसरकारी संस्था हो, न संस्था दर्ता ऐनअनुसारै दर्ता भयो ।

तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको इजलाशले उक्त जग्गा नेपाल सरकार ऊर्जा मन्त्रालयको नाममा हस्तान्तरण गर्नेरगराउने कार्य नगर्न–नगराउन आदेश दियो । अर्थात सरकारसँग उक्त मुद्दा युएमएनले जित्यो । उसले उक्त मुद्दा जित्नु नै उसको हार र विनोद चौधरीका लागि जित बन्न पुगेको एकजना जानकारले चार वर्षअघि जनआस्थालाई बताएका थिए । यदि,युएमएनले उक्त मुद्दा सर्वोच्चबाट हारेको भए त्यतिबेलै जग्गा स्वतः सरकारको नाममा आउने थियो ।

तर, युएमएनले जित्ने नाममा विनोद चौधरीको जित भएको देखियो । यो जग्गा धितो राखेर ऋण नदिनु भन्ने राष्ट्र बैंकको परिपत्र र सम्झौताअनुसार नामसारी भएन भन्दै चौधरी समूह पुनः युएमएनविरुद्ध सर्वोच्च अदालत पुगेकोमा अस्ति त्यसबारे फैसला भएको हो ।

जनआस्थाले २०८० फागुन २६ गते विभिन्न कागजात र प्रमाणसहित यसबारे समाचार प्रकाशित गरेको थियो । ‘चौधरीले चिप्लाउने खतरा छ है श्रीमान’ शीर्षकको समाचारमा राष्ट्र बैंकको परिपत्र, त्यसअघिको सर्वोच्चको आदेश, कम्पनीको आर्थिक र कानुनी हैसियतसँग सम्बन्धित विवरणसमेत समावेश गरिएको थियो । 

‘चौधरीले चिप्लाउने खतरा छ है श्रीमान’ शीर्षकको समाचारमा राष्ट्र बैंकको परिपत्र, त्यसअघिको सर्वोच्चको आदेश, कम्पनीको आर्थिक र कानुनी हैसियतसँग सम्बन्धित विवरणसमेत समावेश गरिएको थियो ।

याे पनि...

चौधरीले चिप्ल्याउने खतरा छ है श्रीमान

टिप्पणीहरू