ठाउँ-ठाउँमा पहिरो, राजमार्ग अवरुद्ध
अविरल वर्षासँगै गएको पहिरोका कारण राजमार्गसहित सडक अवरुद्ध भएका छन् । पहिरोले ललितपुरको आश्राङदेखि गिम्दी जाने सडकसहित पाँच राजमार्ग तथा सडकखण्डमा क्षति पुगेको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार धनकुटाको रवि राके–भेडेटार सडक, खोटाङको दिक्तेल–गाईघाट सडक र मकवानपुरको कान्ति लोकपथ अवरुद्ध भएको छ । यस्तै अरनिको राजमार्ग पनि प्रभावित छ ।
अवरुद्ध सडक तथा राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू