बृद्ध पितालाई स्याहार्न राजीनामा दिने मुडमा थिए दिवंगत क्याप्टेन

बृद्ध पितालाई स्याहार्न राजीनामा दिने मुडमा थिए दिवंगत क्याप्टेन

गतसाता भारतको अहमदावाद विमानस्थल नजिकैको भयंकर विमान दुर्घटनामा बितेका क्याप्टेन आफ्ना बृद्धपितालाई स्याहार्न जागिर छाड्ने  मुडमा थिए । अविवाहित क्याप्टेन सुमित सबरवाल वृद्ध पिताका एक्लो छोरा हुन् । बुबासँगै रहेका उनी वृद्ध अवस्थामा स्याहार सुसारका लागि जागिर छाड्ने सुरमा थिए । तर, गतसाताको दुर्घटनामा उनीसहित २७४ जनाले ज्यान गुमाएका छन् ।

भारतीय अधिकारीहरुका अनुसार  चालक दलका १२ जना र यात्रु एकजना बाहेक अरु सबै २४१ जना बितेका छन् । आवासीय क्षेत्रमा खसेको उक्त विमान दुर्घटनामा जमिन र भवनमा रहेका अन्य ३३ जनाको पनि ज्यान गएको छ ।

विमानको ब्ल्याक बक्स र फ्लाइट डेटा रेकर्डर फेला परेको छ । उडेको केही सेकेण्डमै विमानको पछाडिको टेल नजिकैको भवनमा ठोक्किएपछि अगाडिको बाँकी भाग अतातुल्यम कम्प्लेक्सको ३ नम्बर भवन छेउमा पुगेर जलेको थियोे । टेल ठोक्किएको भवन र कम्प्लेक्स वरपर रहेकामध्ये ३३ जना आगोमा परेको अधिकारीहरुको भनाइ छ ।

विमान मेघानी नगरको बीजे मेडिकल कलेजको होस्टेल मेस रहेको भवनमा ठोक्किएपछि भुइँमा झरेको थियो । जहाँ एमबीबीएस अध्ययनरत विद्यार्थीहरुको क्यान्टिन थियो । 

सरदार बल्लभ भाइ पटेल विमानस्थलबाट दिउँसो १.२८ बजे उडेको विमान १६ सय मीटर पर खसेको हो । बेलायतको राजधानी लण्डनस्थित ग्याटविकतर्फ उडेको एअर इण्डियाको एआई १७१ उडानको बोइङ ड्रिमलाइनर विमान दुर्घटनामा परेका ३३ जनामध्ये अधिकांश एमबीबीएस अध्ययनरत विद्यार्थी भएको जनाइएको छ ।

दिवंगत क्याप्टेन सुमितसँग आठ हजार २०० घण्टाको र कोपाइलट कुन्दरसँग एक हजार १०० घण्टाको उडान अनुभव थियो । रनवे २३ बाट प्रस्थान गरेलगत्तै विमान विमानस्थल बाहिरको जमिनमा खस्नुअघि क्याप्टेनले आपतकालीन अवस्थाबारे जानकारी गराउँदा गराउँदै टावरसँग सम्पर्क बिच्छेद भएको बताइन्छ ।

टिप्पणीहरू