लोकेश नेतृत्वको आरआर स्ववियुले पायो वैधानिकता

लोकेश नेतृत्वको आरआर स्ववियुले पायो वैधानिकता

काठमाण्डौको प्रदर्शनीमार्ग स्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) सम्बन्धी लामो समयदेखि चल्दै आएको विवाद टुंगोमा पुगेको छ । उच्च अदालत पाटनले रिट खारेज गर्दै स्ववियुलाई पूर्ण रुपमा वैधानिकता प्रदान गरेको हो ।

विनोदराज जोशी र रविनराज खत्रीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले दुवै रिट खारेज गरेको छ । वादीहरुले स्ववियु गठनमा आफूहरुलाई समावेश नगरिएको र प्रक्रियागत त्रुटि भएको दाबी गर्दै रिट दायर गरेका थिए ।

नेविसंघका  असन्तुष्ट समूहले आफूहरुको जानकारी विना स्ववियु समिति घोषणा गरिएको आरोप लगाउँदै रिट दायर गरेका थिए । तर,अदालतले माग अनुरूप स्ववियु खारेज गर्नुपर्ने कुनै वैधानिक आधार नभएको ठहर गरेको छ।

यो फैसलासँगै स्ववियु अध्यक्ष लोकेशकुमार खड्का नेतृत्वमा रहेको वर्तमान स्ववियुले विधिवत रूपमा आफ्नो कार्यकाल अगाडि बढाउन पाउने छ ।

यसअघि स्ववियु गठन प्रक्रियामै असहमति जनाउँदै केही समूहले निरन्तर विवाद गर्दै आएका थिए । अदालतको आदेशसँगै अब स्ववियु आफ्ना नियमित काममा अघि बढ्ने स्ववियु अध्यक्ष लोकेशकुमार खड्काले बताए ।

टिप्पणीहरू