अर्थमन्त्री पौडेललाई मोदीको प्रश्न : तपाईं कहाँको अर्थमन्त्री ?

अर्थमन्त्री पौडेललाई मोदीको प्रश्न : तपाईं कहाँको अर्थमन्त्री ?

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पक्षपातपूर्ण बजेट वितरण गरेको बताएका छन् ।

उनले अर्थमन्त्री रुपन्देहीको मात्रै होकी देशको ? भनेर प्रश्न गरे ।

प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकमाथि छलफलमा भाग लिँदै सांसद मोदीले अर्थमन्त्री पौडेलमाथि आफ्नै निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको आरोप लगाए । शहरी विकास एवं सडक निर्माणका सबैभन्दा धेरै योजना अर्थमन्त्रीले आफ्नो जिल्लामा राखेको उनको भनाई छ ।

‘आज उहाँ संसदमा हुनुहुन्न । उहाँ अर्थमन्त्री त्यो रुपन्देहीतिरको मात्रै हुनुहुन्छ कि देशैभरीको अर्थमन्त्री हुनुहुन्छ ?’, ‘सांसद मोदीले सोधे, अर्थमन्त्रीज्यूको जिल्लामा मात्रै बजेटको कुरा गर्ने हो भने शहरी विकास मन्त्रालयबाट झण्डै ८७ भन्दा माथि, सडकको ४० भन्दा माथि योजना छन् । अरु मन्त्रालयबाट झन के होला ? कर चाँही सबै जिल्लाबाट लिने तर बजेट चाहीँ आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित गर्ने ? यस्तो परिपार्टीले हामी कहाँ पुग्छौँ ?’

बजेटको असमान वितरणले संघीयताको मर्मअनुरुप विकास गर्न नसकिने उनको धारणा छ ।
 

टिप्पणीहरू