संसद् भवनको छतबाट खसेर एकजना सिकिस्त

संसद् भवनको छतबाट खसेर एकजना सिकिस्त

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको क्यान्टिन छतबाट खसेर एक कामदार घाइते भएका छन् ।

फल्स सिलिङ मर्मत गरिरहेका एक व्यक्ति आज दिउँसो छतबाट खसेका हुन् । 

उनको हाल सिभिल अस्पतालमा उपचार भइरहेको संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए । 

उनले भने, ‘म अहिले संसद् बैठकमा छु । केही बेरअघि छतमा काम गरिरहँदा एक कामदार लडेर घाइते भएको र उहाँलाई सिभिल अस्पताल लगिएको सुनेको छु । अरु कुरा चाँहि थाहा भएन ।’

टिप्पणीहरू