विश्वका संस्कृत ज्ञाताहरु नेपालमा भेला

विश्वका संस्कृत ज्ञाताहरु नेपालमा भेला

विश्व संस्कृत सम्मेलनमा अमेरिका, चीन भारतसहित विभिन्न देशका संस्कृतविद्ध तथा विश्वविद्यालयका प्राध्यापकहरूले सहभागिता जनाएका छन् ।

ललितपुरको जावलाखेलस्थित डिएभी स्कुलमा हिजोदेखि शुरु भएको पाँच दिने सम्मेलनको आज दाेस्राे दिन नेपालसहित विभिन्न देशका संस्कृत भाषाका ज्ञाता तथा विश्वविद्यालयका प्राध्यापकहरूले धारणा राखे । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक माधवप्रसाद पोखरेल, चीनको क्युलेली एकेडेमीका प्राध्यापक मेइ याङ, भारतको काेलकत्तास्थित सत्यनारायण चक्रवर्ती रवीन्द्र भारती विश्वविद्यालयका प्राध्यापक स्थानेश्वर तिम्सिना, अमेरिकाको सान डिगो स्टेट विश्वविद्यालय प्राध्यापक म्याकोमस टेलर, अष्ट्रेलियाको नेशनल युनिभर्सिटीका प्राध्यापकको उपस्थिति छ ।

करिब ८ सय जनाको उपस्थित रहेको सम्मेलनमा नेपाल, चीन, भारत, अमेरिका, अष्ट्रेलिया, पाकिस्तान, भुटान, बंगलादेश, ईटालीलगायत विभिन्न देशका संस्कृत ज्ञाता तथा विश्वका विभिन्न देशका प्रख्यात विश्वविधालयका प्राध्यापकहरु सहभागी छन् ।

असार १६ गतेसम्म चल्ने सम्मेलनकाे विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले हिजो राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले संस्कृत भाषा, साहित्य र संस्कृतिको  दक्षिण एशियामै गहिरो प्रभाव पर्दै आइरहेकामा अब यसलाई छिचोलेर विश्वव्यापी बन्न पुगेको धारणा राख्नुभयो ।

टिप्पणीहरू