शिक्षाको सट्टा निजामती विधेयकको तयारी, सिंहदरबारभित्रै शिक्षकहरुको आक्रोश

शिक्षाको सट्टा निजामती विधेयकको तयारी, सिंहदरबारभित्रै शिक्षकहरुको आक्रोश

सरकारले गत वैशाखमा गरेको विद्यालय शिक्षा ऐन जारी गर्ने सहमतिको म्याद आज सकिँदैछ । नेपाल शिक्षक महासंघसँग असार १५ गतेभित्र ऐन जारी गर्ने सहमति सरकारले वैशाख १७ गते गरेको थियो । 

तर आज दिउँसो बस्ने प्रतिनिधि सभाको बैठकमा उक्त ऐन सम्बन्धी कुनै कार्यसूची देखिँदैन । संसदको शिक्षा समितिले विधेयकमाथि टुंगो नलागेका विषयको छलफल गर्ने भन्दै बिहानदेखि सिंहदरबारभित्र डाकेको बैठकमा शिक्षक महासंघका सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा एउटा टोली पुगेको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा संघीय निजामती विधेयक पारित गर्ने कार्यसूची राखिएको छ ।

टिप्पणीहरू