प्रस्तावित न्यायाधीशले निष्पक्ष न्याय दिनेमा शंका

प्रस्तावित न्यायाधीशले निष्पक्ष न्याय दिनेमा शंका

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई न्यायाधीश भएपछि निष्पक्ष न्याय गर्छु भन्ने आधार के छ ? भनी प्रश्न सोधेका छन् ।

आज संसदीय सुनुवाई समितिको बैठकमा उनले न्यायाधीश नियुक्त भए निष्पक्षरूपमा न्याय सम्पादन गर्ने विश्वास दिलाउन भनेका हुन् । केही समय अघिसम्म नेपाल बारको अध्यक्ष रहेको व्यक्तिले निष्पक्ष न्याय दिने कुरामा प्रश्न उठ्ने शर्माको भनाइ रह्यो ।

बार स्वतन्त्र हुनुपर्ने भएपनि राजनीतिक पक्षधरता रहने गरेको उल्लेख गर्दै उनले पोखरेललाई न्यायाधीश बनाउन लागिएकोप्रति घुमाउरो असन्तुष्टि जनाए । त्यस्तै उनले मुद्दाको सुनुवाई ढिलो गर्दा न्याय हुन्छ ? भनेर पनि प्रश्न सोधेका छन् ।

शर्माले भने, ‘मैले बुझेको बार भनेको राजनीतिक धारासँग जोडिएर प्रतिष्पर्धा हुने गरेको संस्था हो । स्वतन्त्र बार देखिरहेको छैन । हुनुपर्ने त स्वतन्त्र थियो । त्यसभित्र राजनीतिक पक्षधरताको कुरा छ । राजनीतिक पक्षधरताबाट टर्मिनेट भएको कुरा भन्नुभएको छ तर साँच्चि नै निष्पक्ष हुन्छ त ? यो प्रश्न उठ्न सक्छ । कतिपय मुद्दाहरु सुनुवाई नै नगरिदिने भयो । सुनुवाई गर्दा न्याय गर्नेले न्याय पाउँछ, ढिलो गर्दा न्याय हुन्छ त ? यो कर्तव्य हो त ? यि व्यवहार छन् ।’

टिप्पणीहरू