कैलाली र कञ्चनपुर जलमग्न, २४ घण्टादेखि मुसलधारे वर्षा
हिजो दिउँसोदेखि परेको वर्षाका कारण कैलाली र कञ्चनपुरको धेरै क्षेत्र जलमग्न भएको छ । पछिल्लो २४ घण्टामा सो क्षेत्रमा दुई सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।
कैलालीको धनगढी र कञ्चनपुरको बेलौरीमा सबैभन्दा बढी वर्षा भएको बताइन्छ । बेलौरीमा २७५ र कृष्णपुर खल्लाकोटमा १८४ मिलिमिटर वर्षा भइसकेको छ । जारी मुसलधारे वर्षा आज रातिबाट मात्रै कम हुने मौसम विज्ञान विभागको अनुमान छ ।
गएरातिदेखि सुदूरपश्चिमका अधिकांश जिल्लामा वर्षा भइरहेको छ ।
टिप्पणीहरू