सबै श्रेणीहरू

‘कुनै हालतमा फागुन २१ गते निर्वाचन’

‘कुनै हालतमा फागुन २१ गते निर्वाचन’

राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचन गराउन सरकारलाई दायाँबायाँ नगरी केन्द्रीत हुन निर्देशन दिनुभएको छ । आज शीतल निवासमा राष्ट्रिय सुरक्षा परिषदको वार्षिक प्रतिवेदन बुझ्दै उहाँले जसरी पनि फागुन २१ मै चुनाव गराउन निर्देशनात्मक सुझाव दिनुभएको हो । 

विभिन्न समूहले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि हालतमा सम्भव नरहेको दावी गरिरहँदा त्यसलाई चिर्नेगरी काम गर्न राष्ट्रपति पौडेलको आग्रह छ । उहाँले निर्वाचनको एक महिना अघिदेखि नै सुरक्षा व्यवस्थापन गर्न राष्ट्रिय सुरक्षा परिषदलाई निर्देशन समेत दिनुभएको छ । 

तोकिएको मितिमा निर्वाचन हुन नसके मुलुकमा थप जटिलता सिर्जना हुने विश्लेषणसहित राष्ट्रपति पौडेलले निर्वाचनको तयारीमा कुनै कसर बाँकी नराख्न पनि आग्रह गर्नुभयो ।