पत्रकार दिलभूषणविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर

पत्रकार दिलभूषणविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर

पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा साइबर अपराधको मुद्दा दायर भएको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले पाठकविरुद्ध मुद्दा दायर गरेको हो । उनीमाथि युट्युबमार्फत् समाजमा घृणा र द्वेष फैलाएको आरोप छ ।

यसअघि उच्च अदालतले पक्राउ नगर्न दिएको आदेशपछि प्रहरीले आवश्यक अनुसन्धान सकाएर आज कारोबार ऐनअन्तर्गत मुद्दा दायर गरेको हो ।

उनले ‘हिल्टनमा जयवीर देउवाको पैसा’ शीर्षकमा युट्युबमा समाचार प्रशारण गरेका थिए ।

दिलभूषण पाठकलाई पक्राउ नगर्न अदालतको आदेश

दिलभूषणको पक्षमा अन्तरिम आदेश निरन्तर

 

टिप्पणीहरू