कानुनी गाँठो फुक्ने वायु सेवा निगमको विश्वास

कानुनी गाँठो फुक्ने वायु सेवा निगमको विश्वास

नेपाल वायुसेवा निगमले आफ्नो ६७ औं वार्षिकोत्सव मनाएको छ । निगमको केन्द्रीय कार्यालयमा आज विविध कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा  आकाश भैरवको पूजा गर्दै कार्यक्रम थालनी र निगमको नवनिर्मित डाटा सेन्टरको उद्घाटन गरिएको छ ।  

आजै बिहान प्रभातफेरीको आयोजना गरिएको निगमले जनाएको छ । मन्त्री पाण्डेसहित कार्यकारी अध्यक्ष र कर्मचारीहरुको सहभागितामा केन्द्रीय कार्यालयबाट भूगोलपार्क, रत्नपार्क, भद्रकाली, सुन्धारा हुँदै पुनः कार्यालय परिसरमा पुगेर सभामा परिणत भएको थियो ।

सो अवसरमा पर्यटनमन्त्री पाण्डेले वायुसेवा निगम ऐतिहासिक महत्व बोकेको र राष्ट्रको पर्यटन क्षेत्रको मेरुदण्ड भएको उल्लेख गर्दै यसको विकासका लागि सरकार सँधै साथमा रहने प्रतिबद्धता जनाउनुभयो । निगम व्यवस्थापन तथा कर्मचारीलाई वस्तुपरक, तथ्यपरक र परिणामुखी रुपमा कार्य गर्न पनि उहाँले निर्देशन दिनुभयो । 

निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले हालसम्मका उपलब्धिमूलक कार्यबारे जानकारी गराउँदै सार्वजनिक खरिद विनियमावली निगमको प्रगतिको बाधक बनेको गुनासो गर्नुभयो । कानुनी गाँठो फुकाउन मन्त्रालयले पहल गरिदिने विश्वास निगमको छ ।

टिप्पणीहरू