भूतपूर्व सैनिकहरुले एसईई पास गरेपछि हाकिम दङ्ग
भनिन्छ, ‘पढ्नलाई उमेरले छेक्दैन ।’ ढल्किँदो उमेरमा के पढ्न सकिएला र भन्नेका लागि ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा कार्यरत सुरक्षागार्डद्वय हरेराम ठकुरी र भूपेन्द्र चन्द ज्वलन्त उदाहरण बनेका छन् ।
पढाई छाडेको दशकौंपछि दुवैजना यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गर्न सफल भएका छन् । ठकुरी र चन्द नेपाली सेनाका पूर्वहवल्दारसमेत हुन् । गत शुक्रबार सार्वजनिक एसईई नतिजामा दुवैले राम्रो ग्रेड ल्याएर पास गरेको चिडियाखानाका परियोजना प्रमुख सत्यनारायण साहले बताए । ठकुरीले ३.२५ र चन्दले ३.४० जीपीए ल्याएका हुन् ।
एक जना सातवर्षदेखि र अर्का तीन वर्षदेखि चिडियाखानामा सुरक्षागार्डका रुपमा कार्यरत छन् । ‘दुवैलाई एसईईमा सहभागी हुन हामीले हौसाएका थियौं । खुशीको कुरा दुवै जना उत्तीर्ण हुनुभएको छ । यो उमेरमा मेहेनत, धैर्य, लगनशील र इच्छा शक्ति हुनु आफैंमा एक उदाहरण हो,’ साहले भने ।
टिप्पणीहरू