राजेन्द्र लिङ्देनले खुलाए व्यवस्था परिवर्तन गर्नुपर्ने कारण
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पार्टीको कोटाबाट नियुक्त न्यायाधीश र अख्तियार प्रमुखले सोही पार्टीका भ्रष्टाचारीलाई कारवाही गर्न नसक्ने भएकाले व्यवस्था परिवर्तन अपरिहार्य भएको बताएका छन् ।
आज काठमाडौँमा आयोजित एक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । यद्यपि यसअघि राजतन्त्रकालमा पनि यस्तै अभ्यास रहेको सम्बन्धमा भने उनले चर्चा गरेनन् ।
‘भ्रष्टाचार कस्ले गर्छ भन्दा नेताहरुले गर्छ, उनीहरुलाई कारबाही गर्ने संवैधानिक निकाय को हो भन्दा अख्तियार र अदालत हो’, लिङ्गदेनले भने, ‘अनि नेताले नियुक्ति गरेका ती निकायका प्रमुखले आफ्नो नेतालाई कारबाही गर्छ त ? त्यसकारण समस्या व्यवस्थामा छ र यो व्यवस्था नै परिवर्तन गर्नुपर्छ ।’
अहिलेको मिश्रित निर्वाचन प्रणाली नै भ्रष्ट भएको पनि उनको जिकिर छ । ‘नेताहरुले ल्याएको यो व्यवस्थामै मुख्य समस्या छ, यो व्यवस्थाले ल्याएको निर्वाचन प्रणाली भ्रष्ट छ, नेतालाई पैसा खुवाएर मन्त्री, प्रधानमन्त्री बन्नुपर्ने र प्रधानमन्त्री भइसकेपछि देशको लागि होईन आफ्नो निर्वाचन क्षेत्रको लागि काम गर्ने व्यवस्था छ’, उनले थपे ।
टिप्पणीहरू