राजीनामा मागियो सबैको तर दिने कसले ?
संसदीय समितिमा भएको सहमति विपरित संघीय निजामती विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि राजनीतिले नयाँ मोड लिने सम्भावना बढेको छ । सहमति विपरित तोडमोड गरिएको ‘कुलिङ अफ पिरियड’ को व्यवस्थालाई लिएर संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल, तिनका नेता तथा सांसदहरु एक अर्कामाथि आरोप, प्रत्यारोपमा उत्रिएका छन् । यता सामाजिक सञ्जालमा संसद, सभामुख, सांसद, राजनीतिक दल, तिनका नेता र उच्च कर्मचारीहरु उक्त गैरजिम्मेवार कार्यमा संलग्न रहेको आरोप लगाइएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले कुलिङ पिरियडमा भएको जालझेलको जिम्मा सभामुखले लिनुपर्ने बताएको छ । पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले नैतिकताको हिसाबले संसदको नेतृत्व गर्नुहुने सभामुख देवराज घिमिरेले उक्त घटनाको जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
माओवादीले सिंगो सदन, संसदीय समिति र सांसदहरूको इमान, निष्ठा र योग्यतामाथि प्रश्न उठेको जनाउँदै सभामुखको राजीनामा मागेको हो । संसदमा भएको उक्त घटनाको छानबिन गर्नुपर्ने सापकोटाको भनाइ छ ।
यता संसदको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा एमाले सांसद पदम गिरीले निजामती सेवा विधेयकमाथि समिति सभापतिबाट बदमासी भएको लगाएका छन् । सभापति रामहरि खतिवडाबाट उक्त बदमासीको जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने माग अघि सारेका हुन्
टिप्पणीहरू