एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्न लागेको छ । राजधानीको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीति, पतञ्जलि जग्गा प्रकरण, अध्यक्ष माधव नेपालमाथि लगाइएको भ्रष्टाचार मुद्दा, स्थायी समिति सदस्य रामकुमारी झाक्रले दिएको चर्को अभिव्यक्तिबारे छलफल हुने बताइएको छ ।

बैठकमा पतञ्जलिको जग्गा प्रकरण, अध्यक्ष नेपालमाथि लागेको आरोप, अदालतमा विचाराधीन मुद्दा र समसामयिक राजनीतिबारे छलफल गरेपछि झाक्रीको पछिल्लो अभिव्यक्तिबारे थप निर्णय हुने सम्भावना पनि छ । झाक्रीले बुटवलमा आयोजित एक  कार्यक्रममा ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं’ भन्ने अभिव्यक्ति दिएकी थिइन् । पार्टी अनुशासन आयोगले झाक्रीलाई सोधेको तीन दिने स्पष्टीकरणको म्याद आज सकिँदैछ ।
 

टिप्पणीहरू