अदालत पुगे दिलभूषण
पत्रकार दिलभूषण पाठक काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । प्रहरीको साइबर ब्यूरोले दायर गरेको विद्युतीय कारोबार सम्बन्धी मुद्दामा उनको आज थुनछेक बहस हुन लागेको हो । न्यायाधीश खेमराज भट्टको इजलासमा उनको बयान र थुनछेक बहस हुँदै छ ।
उनीविरुद्धको मुद्दामा विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को विद्युतीय स्वरूपमा गैर कानुनी कुरा प्रकाशन गरेको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी गरिएको छ ।
पाठकले काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा पुत्र जयवीरको कारोबार र लगानीबारे युट्युबमा सामाग्री प्रशारण गरेका थिए । ‘हिल्टनमा जयवीर देउवाको पैसा’ शीर्षकमा उक्त सामाग्री प्रशारण गरेपछि उनीविरुद्ध मुद्दा दायर भएको हो । होटल हिल्टन विवादास्पद व्यापारी साहिल अग्रवाल र बिचौलिया दीपक भट्टको लगानी रहेको बताइन्छ ।
टिप्पणीहरू