निजामतीमा चलखेल, प्रहरी आतंकित

निजामतीमा चलखेल, प्रहरी आतंकित

संघीय निजामती विधेयकमा राखिएको दुई वर्षको कुलिङ अफ पिरियडमा भएको चलखेलपछि सांसद, संसदीय समिति र राजनीतिक दलका नेताहरुमाथिको भरोशामा थप ह्रास आएको छ । छिट्टै ल्याउन लागिएको नेपाल प्रहरी विधेयकमाथि राज्यव्यवस्था समितिमा हुने छलफलसमेत सोही कारण प्रभावित हुने भएको छ ।

हाल छलफलमा रहेको नेपाल प्रहरीसम्बन्धी विधेयकमाथि तल्लो तहका कर्मचारीले राज्य व्यवस्था तथा सुशासन समितिमा हुने छलफल र पारित हुने ऐनमा फरक देखिने सम्भावनातर्फ धेरैले आशंका गरेका छन् । प्रहरीमा ३० वर्षे सेवा अवधीको विषय निकै पेचिलो बनेको छ । 

हालका महानिरीक्षक दीपक थापा,अतिरिक्त महानिरीक्षकहरु टेकबहादुर तामाङ, सुदिप गिरी, कृष्णहरि शर्मासहितका धेरैजना आगामी भदौ दोस्रो साता अवकाश हुँदैछन् । महानिरीक्षकको कार्यकाल, ३० वर्षे सेवा हटाएर उमेर ६० वर्ष बनाउने होमवर्क गरिएको तर उनीहरुको अवकाश अगावै नयाँ ऐन जारी भए मुन्तिरका अधिकृत र कर्मचारीको वृत्ति विकासमा असर पर्ने भन्दै लबिङ शुरु भएको छ ।
 

टिप्पणीहरू