पत्रकार पाठकसँग २५ हजार धरौटी माग

पत्रकार पाठकसँग २५ हजार धरौटी माग

पत्रकार दिलभूषण पाठकलाई धरौटीमा छाड्न आदेश दिइएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश खेमराज भट्टको इजलासले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले विद्युतीय कारोबारसम्बन्धी मुद्दामा एक लाख रुपैयाँ जरिवाना र पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी गर्दै मुद्दा दायर गरेपछि उनी आज बिहानै अदालतमा उपस्थित भएका थिए । न्यायाधीश भट्टको इजलासमा थुनछेक बहसपछि २५ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले बताए । 

‘उहाँको मुद्दामा २५ हजार रुपैयाँ धरौटी खुलेको छ’,उनले भने । पाठकले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका पुत्र जयवीरविरुद्ध युट्युबमा समाचार प्रशारण गरेका थिए । ‘हिल्टनमा जयवीर देउवाको पैसा’ शीर्षकमा समाचार प्रशारण भएपछि साइबर ब्यूरोमा उजुरी परेको थियो । 

ब्यूरोले गत असार १६ गते अदालतमा मुद्दा दायर गरेको हो ।

टिप्पणीहरू