जेनजी फ्रन्टको सल्लाहकार परिषद्मा कविदेखि डाक्टरसम्म

जेनजी फ्रन्टको सल्लाहकार परिषद्मा कविदेखि डाक्टरसम्म

रक्षा बम नेतृत्वको जेनजी फ्रन्ट नेपालले १३ सदस्यीय सल्लाहकार परिषद् गठन गरेको छ । विभिन्न क्षेत्रमा क्रियाशिल युवा र विज्ञहरूलाई समेटेर परिषद् बनाइएको हो । 

परिषद्मा तत्कालीन विवेकशीला साझा पार्टीका नेता तथा शैक्षिक अभियन्ता मिलन पाण्डेदेखि लेखक प्रगति राईसम्मका युवा समेटिएका छन् । परिषद्मा डा. रामजी राम पनि सदस्य छन् । नेपालको चमार समुदायका पहिलो डाक्टर उनको नाम यसअघि जेनजीको तर्फबाट स्वास्थ्यमन्त्रीमा चर्चा थियो । 

त्यस्तै, युवा पुस्ताका चर्चित कवि नविन प्राचिन पनि परिषद्मा सदस्य राखिएको छ । लामो समयदेखि महिला अधिकारको क्षेत्रमा काम गर्दै आएकी डा. मीना पौडेल पनि सदस्य छिन् ।

परिषद्को अन्य सदस्यमा साधना राई, रमेश पौडेल, प्रमेश श्रेष्ठ, आशुतोष तिवारी, दिव्येश गिरी, सस्मित पोखरेल, सरोज गौतम र अनन्त अर्याल छन् ।

टिप्पणीहरू