बा’ले किन खाए वरिष्ठ उपाध्यक्ष ?

बा’ले किन खाए वरिष्ठ उपाध्यक्ष ?

नेकपा एमालेले ३ महिना पहिले जुन कार्यकर्ताहरूको सहभागितामा बिधान महाधिवेशनमार्फत निर्णय गरेको थियोे, तिनै सदस्यमार्फत् उल्टाएको छ |

यसभन्दा पहिले १९ जना रहेको पदाधिकारी सङ्ख्या १५ जना बनाइएकोमा पुनः १९ जना कायम रहनेगरी संशोधन गरिएको छ | नेतृत्व चयनका लागि उद्घाटन गरिएको महाधिवेशनस्थलमा समेत बिधान महाधिवेशनले तय गरेका व्यवस्थामा हेरफेर नगरिने प्रतिबध्दता जनाइरहेको नेतृत्वले बन्द सत्रमा यसलाई नाटकीय ढङ्गले प्रवेश गराएर अनुमोदन गराएको छ |

तर अहिले कायम गरिएको व्यवस्थामा यसभन्दा पहिले रहेको वरिष्ठ उपाध्यक्ष पद भने हटाइएको छ । हाल वरिष्ठ उपाध्यक्ष रहेका इश्वर पोखरेलले पार्टी अध्यक्षमा केपी ओलीलाई प्रतिस्पर्धा गर्ने चुनौति दिएका थिए | तर उपाध्यक्ष भने ५ जना कायम गरिएको छ।

वरिष्ठ उपाध्यक्ष कायम गरेर जाँदा १ जनाका लागि मात्र सुविधा हुने तर त्यो अध्यक्ष ओलीका लागि भने सँधैका लागि चुनौती हुने अनुभवका आधारमा पनि हटाइएको अनुमान गर्न सजिलै सकिन्छ | वरिष्ठ उपाध्यक्ष कायम गर्दा सिधै उही नै अध्यक्षको उतराधिकारी वा दाबेदार पनि हुने र अध्यक्षका लागि चुनौती पनि दिइरहने हुनसक्थ्यो |  भएका एकजना वरिष्ठ उपाध्यक्षको सट्टा ५ जना उपाध्यक्ष कायम गरिएको अवस्थामा ती ५ जना नै अध्यक्षप्रति सँधै अनुग्रहित रहने र आ-आफ्ना अवसरका लागि अध्यक्षको चाकरी पनि गर्न परिक्रमा गरिरहने वातावरण बनाउनका लागि अध्यक्ष ओलीले नै आफ्नो सुविधाका लागि सुविचारित रुपमा वरिष्ठ उपाध्यक्ष पद भने पुनर्स्थापना गरेका छैनन् |

नेतृत्व छनौटको अन्तिम प्रतिष्पर्धाका लागि निर्वाचन प्रकृयाका प्रयासहरू हुँदै गर्दा पुनः यो पद ब्युँताएर बहालवाला वरिष्ठ उपाध्यक्ष पोखरेललाई यथावत राख्ने वा अन्य कसैलाई पनि वरिष्ठ उपाध्यक्ष पद जिम्मा  दिने संभावना पनि बाँकी नै छ |

टिप्पणीहरू