बाबुरामको सामुन्ने जनार्दन
पूर्व अर्थमन्त्री जनार्दन शर्मा संरक्षक रहेको भनिएको प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यसमितले पद तथा गोपनीयताको सपथ लिएकाे छ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संरक्षक शर्मा, अध्यक्ष परिषद् र केन्द्रीय सदस्यहरुलाई संयुक्त रुपमा सपथ खुवाएका हुन् ।
शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा छाडेका सन्तोष परियार र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मिलेर बनेको प्रलोपाको केन्द्रीय समितिको प्रथम पूर्ण बैठकमा डा. भट्टराईले सबैलाई उन्नत समाजवादलाई आत्मसात गरेर आफ्नो जिम्मेवारी निभाउन निर्देशन समेत दिएका छन् । सोह्रखुट्टेको नयाँ बजारस्थित सासा क्याक्वैंटमा आजदेखि जारी बैठक भोलिसम्म चल्ने बताइएको छ ।
बैठकले आगामी दुई महिनाभित्र दश हजार युवाहरुलाई संगठित गर्न विभिन्न अभियान सञ्चालन गर्नेबारे औपचारिक निर्णय गर्ने बताइएको छ ।
टिप्पणीहरू