हिनामिनामा संलग्न जर्नेल र मेजर बर्खास्त
नेपाली सेनाका सहायक रथी रोशन खड्का र सेनानी बोधराज कार्कीलाई सेवाबाट बर्खास्त गरिएको छ । सैनिक विशेष अदालतले उनीहरुलाई बर्खास्त गर्ने फैसला सुनाएको छ ।
सैनिक कल्याणकारी कोषको सवा दुई करोड रुपैयाँ हिनामिना प्रकरणमा उनीहरुलाई सैनिक हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । महासेनानी उत्तम सापकोटाको नेतृत्वमा गठित ‘कोर्ट अफ इन्क्वाइरी बोर्ड’ले कोषको करोडौँ रकम हिनामिना भएको प्रारम्भिक निष्कर्ष निकालेपछि घटना सैनिक विशेष अदालतसम्म पुगेको हो ।
हिनामिना भएको रकम दुई जनाबाट असुल गर्न अदालतले आदेश दिएको छ । फैसलामा उनीहरु भविष्यमा अन्य सरकारी सेवाका लागि भने अयोग्य नहुने उल्लेख छ ।
टिप्पणीहरू