यातायात व्यवस्था विभागको सेवा ठप्प
यातायात व्यवस्था विभागको सर्भर डाउन भएको छ । विभागको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को सेवा प्रवाहसम्बन्धी विद्युतीय प्रणालीमा समस्या आएको छ । केन्द्रीय सर्भर डाउन भएपछि देशभरका यातायात कार्यालयको काम प्रभावित भएको छ ।
आजदेखि लाइसेन्ससँग सम्बन्धित इडीएल, अनलाइन आवेदन तथा अत्यावश्यक लाइसेन्स प्रिन्टजस्ता सेवा बन्द भएका छन् । समस्या समाधानको प्रयास भएको जनाउँदै विभागले अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सबै सेवा बन्द भएको बताएको छ ।
जारी सूचनामा भनिएको छ, ‘आजदेखि विभागको सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानका कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली) हरु बन्द भएको जानकारी गराइन्छ ।’

टिप्पणीहरू