विधेयक पारितअघि खेलोफड्को गर्नेको खोजी शुरु
निजामती सेवा विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएका छेडखानीमाथि अनुसन्धान गर्न गठित संसदीय समितिको पहिलो बैठक बसेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा सभामुख देवराजको उपस्थितिमा बसेको बैठकमा सातै जना सदस्य उपस्थित छन् ।
कांग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियार संयोजक रहेको उक्त समितिलाई २१ दिनको समय दिइएको छ । कांग्रेसबाटै सुशीला थिङ, एमालेबाट इश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रका माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन काकी सदस्य छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समितिले अन्तिम प्रतिवेदन तयार नपर्दासम्म समितिको बैठकमा सहभागी नहुने बताएका छन् । सभापतिको हैसियतमा पाउने गाडी समेत तीन हप्ता प्रयोग नगर्ने घोषणा गरेका उनले संसदीय समितिको छानबिनमा सहयोग गर्ने, तर समितिको बैठकमा सहभागी नहुने बताउँदै आएका छन् ।
टिप्पणीहरू