सर्वोच्चमा तीन न्यायाधीश, परिषदमा महेश
सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई न्यायाधीश नियुक्त गर्नुभएको हो ।
जेठ अन्तिम साता बसेको न्याय परिषद्को बैठकले तीन जनालाई न्यायाधीशमा सिफारिस गरेको थियो । संसदीय सुनुवाई समितिले प्रस्तावित न्यायाधीशविरुद्ध डेढ हप्ता उजुरी आह्वान गरेर छलफल गरेपछि आज अनुमोदन र राष्ट्रपतिबाट नियुक्ति भएको हो ।
वरिष्ठ अधिवक्ता महेशकुमार नेपाल न्याय परिषद्को सदस्य नियुक्त भएका छन् । नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम भोजपुरका नेपाललाई न्याय परिषद् सदस्य नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
टिप्पणीहरू